नगर प्रमुख शाहि द्धारा सिचाई कुलोको सिलान्यास

कमल कुमाल कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बृहत सिचाँई कुलोहरुको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही,महानेन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले सिपखानाको क्षेत्तडी कुलो,स्युनाको भिडकुलो,र फुर्कोटको ब्राखीकुलोको सयुक्त रुपमा ३ वटा बृहत सिंचाई कुलोको शिलान्यास गर्नुभएको छ।

रास्कोट नगरपालिकाको गौरवको आयोजनाको रुपमा बृहत् सिचाइ साविकको गाविसको रुपमा ३ वटा कुलाहरुमा नगर प्रमुख घर्मराज शाही, महोनन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय वडा अध्यक्ष लगायत समितिका पदाधिकारीहरुको उपस्थितीमा सिलान्यास गरिएको हो ।उक्त कुलो निर्माणको लागी रास्कोट नगरपालिकाको १ करोड र स्थानीय पूर्वधार सहयोगको १ करोड ४० लाख गरेर जम्मा २ करोड ४० लाखमा बृहत सिचाँई कुलोहरु निमार्ण हुने पत्रकार टिकाराज उपाध्यायले बताउनु भएको छ ।

उक्त सिचाँई कुलोको शिलान्यास गदै नगर प्रमुख शाहीले अव नगरपालिका भित्रका सुख्खा जमिनहरु हरियालिमा परिणत भई कृषि उत्पादनमा वृद्धि हुने बताउनु भएको छ । भौगोलिक कठिनाईका बाबजुत नगरपालिकाको बिभिन्न क्षेत्रमा बाकि रहेका थप सुख्खा ठाउँहरुमा सिचाँई पुयाएको र ‘सुख्खा जमिन मुक्त नगरपालिका घोषण गर्ने तयारिका साथ अघि बढेको पनि नगर प्रमुख धर्मराज शाही बताए । उक्त सिचाई सिचाईकुलोले त्यहाँका करिब ३ हजार घरधूरी सिचाईबाट लाभान्धित हुनेभएका छन ।

तपाईको प्रतिक्रिया