मापदण्ड अनुसार सञ्चालन भईरहेका योजनाहरु समयमै सम्पन्न गर्न उपाध्यक्ष शाहीको सुझाव

कालिकोट, जिल्लाको शुभकालिका गाउँपालिका मा मापदण्ड अनुसार सन्चालन भईरहेका योजनाहरु समयमै सम्मपन्न गर्न सम्पूर्ण वडाका सचिव ,शाखा प्रमुख लगाएत सम्पूर्ण कर्मचारीहरुलाई शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले निर्देशनात्मक सुझव दिनु भएको छ ।

उक्त कार्यक्रममा कर्मचारी नियमिनता र अर्थपूर्ण तरिकाले उपस्थित भई प्रभावकारी सेवा प्रवाह गार्ने निर्णय गर्दै गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीको उपस्थितिमा कर्मचारी बैठक सम्मपन्न भएको थियो । बैठकमा कर्मचारी लाई सकरात्मक सोच र विवेकपूर्ण तरिकाले परिचालित हुनपनि निर्देशन दिनु भयो ।

कर्मचारीको साथमा सिंगो शुभकालिका सरकार रहेकोले उत्प्रेरणा , हौसला र नियमानुसार पाउने सेवा सुबिधामा कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो । साथै सो बैठकमा कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक पवेन्द्र विश्वर्कर्माले कर्मचारीहरु नियमित र अनुशासित र अर्थपूर्ण तरिकाले उपस्थित भई सृजनात्मक तरिकाले परिचालित हुन जरुरी रहेको समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया