कृषकलाई कृषी सामाग्री वितरण 

कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकामा बेमौसमी खेती गरि रहनु भएका कृषक समुह हरुलाई शान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह संज्याल द्धारा एक कार्यक्रमका विच कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको बताईएको छ ।

साहास नेपाल कालिकोटको आर्थिक सहयोगी शान्नीत्रिवेणी गाउँपालिकाको समन्वयमा कृषकहरुलाई कृषी सामाग्री वितरण गरिएको हो ।कृषी बाट आत्मा निर्भर बनेर जिवनमा केही परिबर्तन गर्नका लागी पाल ,ड्रम पाईप,लगायतका अन्य सामाग्रीहरु वितरण गरिएको गाउँपालिका उपाध्यक्ष संज्यालले बताउनु भएको छ ।

साथै कृषकहरुले सिजनको बेला उत्पादन गर्नका लागी हामीलाई समस्या भएको थिए तर समयमै सामाग्री पाउँदा विभिन्न किसिमका तरकारीहरु उत्पादन गर्नका लागी सहज भएको पनी स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया