कालिकोट एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटमा जीवन बीमा गर्नेहरूको संख्या बढ्दै गएको पाइएको छ ।सोमबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय कालीकोटमा आयोजित अभिकर्ता पूणर्ताजकी तथा अन्तरक्रिया कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेहरूको आकर्षण बढ्दो रहेको पाइएको सहभागी अभिकर्ताहरूले बताएका छन् ।जीवन बीमा सम्बन्धि सामान्य जानकारी गराउनका लागि आयोजना गरिएको कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय कालीकोटका अभिकर्ताहरुले जीवन बीमाको महत्त्व दुर्गम गाउँका नागरिकले स्पष्ट बुँझ्न नसकेपनि पढेँ लेखेका नागरिकले बीमाको बारेमा राम्रोसँग बुँझेको बताउँदै एशियन लाइफमा नै जीवन बीमा गर्नेहरुको आकर्ष बढ्दो क्रममा रहेको पाइएको उनिहरुले बताएका हुन् ।
उक्त कार्यक्रममा एसियान लाईफ एन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय मान्मका प्रबन्दक निर्देशक जन्मदेब बरालको सभाअध्यक्षता र एसियान लाईफ एन्सोरेन्स कम्पनीका डिपुटि रिजिनल तथा क्षेत्रिय शाखा कार्यालयका सुर्खेतका प्रबन्क निर्देशक वीर बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो उक्त कार्यक्रममा सहभागी मेगा बैंकका शाख निर्देक जिल्ला प्रशासन कार्यालय र विभिन्न संग सस्था मा कार्यरत प्रमुख प्रतिनिधि बिशेश त मिडिया मा कार्यरत पत्रकार र सम्पूणर् अभिकर्ताको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी तथा क्षेत्रिय शाखा कार्यालयका प्रबन्क निर्देशक शर वीर बहादुर भण्डारीले आफ्नो जीवनमा आइपर्ने आर्थिक जोखिम तथा आफ्नो बालबच्चाको भविष्यमा गर्नुपर्ने बन्दोबस्तको उचित व्यवहार पुरा गर्ने माध्यम भनेकै जीवन बीमा भएको बताए ।जीवन बीमा किन गर्ने भन्ने एक महत्वपूणर् सवाल अझै पनि नेपाली समाजमा प्रशस्त भेटिन्छन् । ‘उनले भने, बीमालाई धेरै मानिसले बुझेका छैनन्, बुँझ्नेले पनि गलत रुपमा बुझेको पाइन्छ ।
उनी भन्छन्, अझैँ पनि बीमालार्ई जुवाको रूपमा बुँझ्नेहरू पनि धेरैं छन् । तर बीमा कम्पनीहरु यी हुन्, बीमा कम्पनीहरू नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् र तिनलाई सरकारको स्वामित्वमा नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गरेको जानकारी गराए ।
तिलाप्रेस । १८ मंसिर २०८०, सोमबार १८:२८