रास्कोट नगरपालिका द्धारा अपाङ्गता भएका ब्यक्तीलाई अपाङ्ग कार्ड सहित सम्मान

कालिकोट रास्कोट नगरपालिकामा आज एक कार्यक्रमका विच ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ,अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईंको छ । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । रास्कोट नगरपालिका उप प्रमुख मनिराज बराल को अध्यक्षता , नगर प्रमुख धर्मराज शाही (पोषण) को प्रमुख आथित्यातामा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस दिवस मनाईंको पत्रकार टिकाराज उपाध्यायले बताउनु भएको छ । दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् ।

दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा नगर प्रमुख धर्मराज शाही ( पोषण)ले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकार सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने बताउनु भयो ।

नगर उप प्रमुख बराले हाल सम्म यश नगरपालिका बाट अपाङ्ग परिचय पत्र पाउनु भएका (क) वर्गका १७ जना (ख) वर्गका ९१ जना(ग) वर्गका ३२जना र (घ) वर्गका ४१ ज्ना गरि जम्मा १८१ जना अपाङ्गताभएका ब्यक्तिहरुलाई अपाङ्ग कार्ड सहित सम्मान गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया