कालिकोट जिल्लाको सदरमुकाम मान्ममा पनी ३६ औं विश्व एड्स दिवस भब्य तथा सफलतापुर्बक मनाईयो छ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारा सहित कालिकोटमा पनी चेतनामूलक कार्यक्रम गरी ३६ औं विश्व एड्स दिवस मनाईएको हो ।
कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत विश्वकर्माको अध्यक्षता, खाडाचक्र नगरपालीका नगर उपप्रमुख, गणेश बहादुर शाहीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपाली,निमित्त जिल्ला प्रहरी कार्यालय प्रमुख पोषण थापा,नागरिक समाजका अध्यक्ष दमन राज बमको विशेष आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यक्रममा डाक्टर विश्वकर्माले हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले एड्स तथा यौन रोग नियन्त्रण गर्नको लागी चेतना र सन्देशमूलक कार्यक्रमको आयोजना गरी यो ३६ औं विश्व एड्स दिवस मनाईएको समेत बताईएको छ ।
सदरमुकाम मान्मको जिरोपईन्ट देखी प्रतिमाचोक सम्म र्याली तथा चेतनामूलक कार्यक्रम गरी मनाईंको हो । कार्यक्रम सञ्चालन भने जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक बहादुर महतले गर्नुभएको थियो ।
तिलाप्रेस । १५ मंसिर २०८०, शुक्रबार १२:०७