नेकपा माओबादी केन्द्र रास्काेट नगरपालिकाकाे टिम भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा

कालिकोट  नेकपा माओबादी केन्द्र राष्कोट नगरकमिटि बाट आठ जनाको टोली भुकम्प प्रभावित जाजरकोट प्रस्थान गरेको छ । पार्टीका नगरकामिटि सदस्य तथा पुर्व वडा अध्यक्ष नमराज संजालको नेतित्वमा आठ जनाको टोली पठाईएको छ ।

आज पार्टी नगर ईन्चार्ज ऐन बहादुर शाही, नगर अध्यक्ष पदम खड्का ( सुबास) प्रदेश कमिटि सदस्य मिम्सरा बम (उशा) र राष्कोट नगर प्रमुख धर्मराज शाही (पोषण) नगर पाटि उपाध्यक्ष गाैरि परियार सचिव कमलराज शाहिकाे टिमले टोलीलाई बिदाई गर्नु भएको पत्रकार टिकाराज अपाध्यायले बताउनु भएको छ ।

कार्त्तिक १७ गते राती गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो धनजनको क्षती पुगाएपछी अहिले नेकपा माओबादी केन्द्रका नेता कार्यकर्ता विभिन्न भाद्री संघठनहरु वाई.सि.एल नेपाल अखिल क्रान्तिकारीको नेतित्वमा देशै भरीबाट ठुलो संख्यामा टोली राहत र पुर्ननिर्माणमा जुटेको छ ।

तपाईको प्रतिक्रिया