कालिकोट एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर सम्बन्धि पचालझरनाको स्वास्थ्य चौकी राम्नाकोटमा सुरु भएको एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविरको पहिलो दिन ४५८ जनाले सेवा लिएका छन। तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता“भन्नेमुल नाराका साथ पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले शिविरको समुद्धाटन गर्नुभएको थियो ।
साथै आँखा उपचार सेवाबाट महिला,५४ पुरुषः८६ गरी जम्मा १४० जना,स्वास्थ परिक्षण तथा उपचार सेवा बाट महिलाः१७६, पुरुषः५६ गरी जम्मा २३२ जना,दन्तरोग तथा मुख स्वास्थ्य सेवाबाट महिलाः२५ पुरुषः१४ गरी जम्माः३९ जना ,क्षयरोग बाट महिला र पुरुष गरि जम्माः २ जना ,स्त्री तथा प्रसुति रोग सेवाबाट, १०३ जना ,रिङ्ग पेसरि राखेका ३ जना ,VIA positiveM २ जना ,प्रयोगशाला सेवा बाट महिला,५३ पुरुष ः२७ गरी जम्मा ८० जना ,भिडियो एक्स र सेवाबाट महिला ७१ पुरुषः२८ गरी जम्माः९९ जना,पुरुष बन्ध्याकरण सेवा बाट ५ जना ,माईनर अप्रेसनः १ जना महिला ,जेष्ठ नागरिकलाई walking Aid बितरणः महिलाः१, पुरुषः६ गरी जम्माः ७ ,स्वास्थ्य शिक्षा पर्दशनी तथा ब्रोसर बितरणः४०० प्रति ,निशुल्क औसधि बितरण,गरिएको बताईएको छ ।उक्त एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविरबाट महिलाः३२४ र पुरुषः१३४ गरी जम्माः४५८ जना सेवाग्राहीहरुले सेवा लिएको समेत बताईएको छ । साथै उक्त शिविर १२ गते सम्म संचालन हुने समेत बताईएको छ ।
तिलाप्रेस । ११ मंसिर २०८०, सोमबार २१:२०