एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर सम्बन्धी, परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न 

कमल कुमाल कालिकोट एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर सम्बन्धि पचालझरना गाउँपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न भएकोे छ ।
तपाईको स्वास्थ्य, हाम्रो प्राथमिकता“भन्नेमुल नाराका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख शंकेत विश्वकर्माको सभा अध्यक्षता ,पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्नीको प्रमुख आतिथ्यता, अस्पताल विकास समितिका अध्यक्ष गोगन मल्लको विशेष अतिथ्यतामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर सम्बन्धी परिचयात्मक तथा समन्वयाकमक बैठक पचालझरना गाउँपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा सम्पन्न भएको हो ।

 स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना,पचालझरना गाउँपालिकाको समन्वयमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर भने ११ र १२ गते २ दिन सम्म  संचालन हुने समेत  जन स्वास्थ्य अधिकृत कटक महत बताउनु भएको छ ।


उक्र कार्यक्रममा हाडजोर्नी तथा नसा रोग सेवा, स्त्री रोग तथा प्रसुति सेवा, परिवार नियोजनको अस्थायी तथा पुरुषहरुको स्थायी बन्ध्याकरण सेवा, दन्त रोग तथा मुख स्वास्थ्य सेवा, आँखा उपचार सेवा, औलो तथा कालाजर रोग, क्षयरोग÷ कुष्ठरोग सेवा, मनोसामाजिक परामर्श सेवा, यौन रोग सेवा, निदानात्मक सेवाहरु, सामान्य शल्यक्रिया सेवा र स्वास्थ्य शिक्षा,तथा विशेषज्ञ स्वास्थ्य सेवा शिविर भने ११,र १२ गते २ दिन संचालन हुने   समेत बताईएको छ ।

तपाईको प्रतिक्रिया