पचालझरना गाउँपालिकामा राष्ट्रिय परिचय पत्र सम्बन्धी अन्तरक्रिया 

कालिकोट जिल्ला सदरमुकाम बाट वितरण हुदै आएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब गाउँ पालिकाबाट शुरु हुने भएको छ। उक्त विवरण दर्ता, सम्बन्धि पचालझरना गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको उपस्थितिमा अन्तरक्रिया तथा विवरण रुजु अधिकारी तालिम संचालन गरिएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही, उपाध्यक्ष अल्किना बम(सेजुवाल) सहित प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर बि.क को उपस्थितिमा तालिम शुरु भएको बताईएको छ  । उक्त तालिम पश्चात पचालझरना गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनि हुने समेत बताईएको छ ।

यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला सदरमुकाम मान्ममा आउने पर्ने अवस्थाको अन्त भएको प्रमुख जिल्ला अधिकारी नेपालीले सहजिकरणमा बताएका छन। यस कार्यले पचालझरना गाउँ पालिकाका सम्पुर्ण नागरिकहरुका लागि सहज हुने प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर बि.क.ले बताएका छन। यस तालिम पश्चात राष्ट्रिय परिचयपत्रको दर्ताका लागि लगतै काम अघि बढ़ने पचालझरना गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बि.क ले बताए।

तपाईको प्रतिक्रिया