तेस्रो जेसिज कप पुरुष भलिबल प्रतियोगिताको उपाधी रज फाउन्डेशन जुम्लालाई 

कालिकोट तेस्रो जेसीज कप तथा खुल्ला पुरुष भलिवल प्रतियोगिताको विजेता रज फाउन्डेशन जुम्लाले हात पारेको छ ।, “राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” भन्ने मुल नाराका साथ कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु गरिएको पुरुष भलिबल प्रतियोगीता शुक्रबार सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

जेसीज का अध्यक्ष हरीप्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता, जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश कमितिका प्रवक्ता दमन बहादुर शाहीको विषेश आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रम आज एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

साथै उक्त खुल्ला पुरुष भलिबल प्रतियोगीतामा रज फाउन्डेशन हिमा गाउँपालिका जुम्ला बिजेता भएको छ भने नरहरिनाथ गाउँपालिका उप विजेता भएको छ साथै पहिलो बिजेतालाई एकलाख ५१ हजार एक सय ५१ रुपैयाँ र उप बिजेता ८१ हजार एकसय ८१ रुपैयाँ नगद सहिद मेडक कप प्रदान गरिएको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया