कमल कुमाल कालिकोट, जिल्लाको शुभकालिका गाउँपालिकामा विगत लामो समय सम्म बालबालिकाका क्षेत्रमा काम गर्दै आईरहेको पालिका स्तरिय सहयात्रा दोस्रो परियोजना समापन भएको छ । सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटको आर्थिक सहयोग शुभकालिका गाउँपालिकाको आयोजनामा संस्थाले सन २०१९ देखी २०२३ सम्म शिक्षा, बाल अधिकार , बाल संरक्षण, बालबालिका सम्बन्धी शासनका क्षेत्रमा गरेका कामहरुको प्रस्तुत गर्ने, बालबालिकाको रणनितिहरु कार्यान्वयनका बारेमा स्थानिय सरकारको ध्यानकर्षण गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा दोस्रो परियोजनाले जोखिम बालबालिकाको पहिचान गर्ने विधालय भन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा पुगाउने, गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई उद्धार तथा राहातका कार्यहरु गाउँपालिकामा गर्दै आईरहेको संस्थाले जनाएको छ । संस्थाले आफ्नो कार्यकाल समापन हुनै लाग्दा बालबालिका हरुको विभिन्न क्षेत्रमा निगरानी राखी उनिहरुको क्षमता अभिवृद्धिका कार्यमा अग्रसर भएर लाग्न स्थानिय सरकार लाई आग्रह गरेको छ ।
उक्त कार्यक्रममा समापन सत्र सम्म गाउँपालिका भित्र रहेर गरेका उदारहणीय यस्ता कार्यहरुको उचित मुल्यांकन गर्दै संस्थालाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्य,उपाध्यक्ष धर्मकला शाही, किर्डाक नेपाल कालिकोटका परियोजना संयोजक तुलाराम पाण्डे सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले विश्वकर्मा ,प्रमुख प्रशासकिय अधिकृत ,वडा अध्यक्ष, लगाएतको उपस्थिति रहेको थियो ।

संचालित परियोजना करिब ५ बर्ष सम्म शुभकालिका गाउँपालिकामा गुणस्तरीय शिक्षा र बालबालिका को क्षेत्रमा काम काम गर्दै आएको थियो । कार्यक्रममा शिक्षक, विधार्थी, किशोरी समुह, बाल क्लव, युवा क्लव लगायत सम्पुर्णको उपस्थीतिमा कार्यक्रम समापन भएको हो ।




तिलाप्रेस । ६ मंसिर २०८०, बुधबार १७:३८