मान्ममा तेस्रो जेसिज कप सुरु

कालिकोट  तेस्रो जेसीज कप तथा पुरुष खुल्ला भलिवल प्रतियोगिता सदरमुकाम मान्ममा सुरु भएको छ । कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु भएको कपको मंगलवार सदरमुकाम मान्ममा एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

जेसीज का अध्यक्ष हरीप्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता, जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश कमितिका प्रवक्ता दमनबहादुर शाहीको विषेश आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि खेलकुद् प्रशिक्षक, नागरिक समाज र पत्रकार लगायतको सहभागिता रहेको थियो । यस वर्षको कार्यक्रम पहिलाका बर्ष भन्दा अझ उत्कृष्ट बनाउनुका साथै भव्यरुपमा सम्पन्न हुने र निकै रोचक र उत्साहाजनक रहने कार्यक्रम संयोजक लक्ष्मण कुमार शाहिले बताए ।

तपाईको प्रतिक्रिया