कमल कुमाल कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा खुशी राखौ बालबालिकाको मुहार,बालमैत्री शुभकालिका समृद्धिको आधार, भन्ने मुल नाराका साथ,आज शुभकालिका गाउँपालिका वडा नम्बर ७ र ८ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको सभाअध्यक्षता , शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यको प्रमुख आतिथ्यता ,गाउँपालिका उपाध्यक्ष धर्मकला शाही,जिल्ला समन्वय समितीका नि, कार्यालय प्रमुख धन बहादुर शाही ,प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीको विशेष आतिथ्यतामा वडा नम्बर ७ र ८ लाई बालमैत्री स्थानीय शासन युक्त घोषणा गरिएको हो

शुभकालिका गाउँपालिकामा किर्डाक नेपाल कालीकोट र सेभ द चिल्ड्रेनद्वारा सञ्चालित सहयात्रा दोस्रो परियोजना मार्फत गाउँपालिकाले सम्पूर्ण वडालाई विगतका वर्षदेखि नै बालमैत्री गाउँपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचकहरू पूरा गर्न लागि परेको कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो ।


वडा घोषण दिगोपनका लागी रणनीती योेजना निमार्ण गरि प्रभावकारी रुपमा कार्यान्वय गर्ने स्थानीय सरकारको अधिनमा रही काम कार्य गरिरहेको हुँदा ,बाल अधिकार संरक्षण र प्रर्वद्धनका लागी शुभकालिका गाउँपालिका लागी परेको समेत गाउँपालिका उपाध्यक्ष शाहीले बताउनु भएको छ । अवको केही बर्ष भित्र शुभकालिका गाउँपालिकालाई बाल मैत्री स्थानीय साशनयुक्त गाउँपालिका बनाउने उदेश्य रहेको समेत बताउनु भएको छ ।




तिलाप्रेस । ५ मंसिर २०८०, मंगलवार १८:३०