वडा कार्यालय द्धारा २ सय ५ जना विद्यार्थिलाई ड्रेस वितरण 

रुकुम योगी कालिकोट 
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं ५ ले विद्यार्थिलाई पोषाक वितरण गरेको छ । कालिका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई वडा कार्यालयले पोषाक र खेलकुद सामाग्री वितरण गरेको हो । आज ५९ औँ राष्ट्रिय वाल दिवसको अवसर पारेर विद्यार्थिलाई ड्रेस र खेलकुदका सामाग्री वितरण गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सक्क बहादुर बमको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं। ५ का वडा अध्यक्ष रामराजा बम रहनु भएको थियो भने अतिथिमा कार्यपालिका सदस्य वडा सदस्य शिक्षक अभिभावक बृद्धिजिवि समाजसेवि लगायतको उपस्थिती रहेको थियो ।


वडा नं। ५ ले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि र गुणस्तरीय शिक्षा लागु गर्नका लागि वडा गएको वजेटमा ७ लाख शिक्षामा छुट्याएको छ । ३ वटा विद्यालयको लागि भनेर ७ लाख वजेट छुट्याएको वडा कार्यालयले जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थिको आकर्षण बढाउनका लागि र स्कुल पोषाक नपाएर विद्यालय आउन वाट बञ्चित रहेका विद्यार्थिलाई सहज होस भनेर वडा कार्यालयले पोषाक खरिद गरेर वितरण गरेको वडा अध्यक्ष रामराजा बमले बताउनु भयो ।
अति गरिव, विपन्न र दलित वस्तीका केहि विद्यार्थिहरु पोषाक र झोला नपाएर विद्यालय जान वाट बञ्चित नहुन र नियमित विद्यालयमा पठन पाठनमा आउन हौषला मिलोस भनेर वडा कार्यालयले पोषाक खरिद गरेर वितरण गरेको बमले बताउनु भयो । उहाँले भन्नुभयो, सामुदायिक विद्यालयमा भन्दा निजि विद्यालयमा विद्यार्थिको आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा विद्यार्थिलाई टिकाई राख्नका लागि र गरिव विपन्न वर्गका विद्यार्थिलाई सहज होस भनेर वडा कार्यालयले यो कार्यक्रम ल्याएको हो ।
उहाँले अव वडा नं ५ मा रहेका शिक्षक कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने यदि यसो नभएमा वडा कार्यालयवाट प्राप्त हुने सम्पुर्ण सेवा सुविधा रोक्का गरिने समेत बताउनु भएको छ । उहाँले कालिका माध्यामिक विद्यालयको भौतिक संरचना निर्माणका लागि घेरवार र चार कोठे भवनका लागि पहल भईरहेको समेत बताउनु भयो ।उहाँले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा लागु गर्नका लागि वडा कार्यालयवाट हुने सम्पुर्ण सहयोग गर्ने र शिक्षा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुले पनि चासो दिनु पर्ने बताउनु भयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सबैले चासो दिएर सबै लागि परेमा मात्र गुणस्तरीय शिक्षा लागु गर्न सकिने बताउनु भएको छ ।

२ सय ५ जना विद्यार्थिलाई २ लाख ५० हजार लगानिमा पोषाक र खेलकुद सामाग्री खरिद गरि आज बाल दिवसको अवसरमा हस्तान्तरण गरिएको छ । वडा कार्यालयले विद्यार्थिका लागि गरेको यो सहयोग अतुलनिय रहेको अन्य वोल्ने बक्ताले बताएका छन । गुणस्तरीय शिक्षा लागु गर्नका लागि यस्तै कार्यक्रम वडा कार्यालयले संचालन गर्नु पर्ने र मन्टेश्वरी संचालनका लागि पनि वडा कार्यालयले विशेष पहल गर्नु पर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया