कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०७९,८० को सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको अध्यक्षता, कर्णाली प्रदेश उप–सभामुख माननीय यशोदा न्यौपानेको प्रमुख आथित्यता, कर्णाली प्रदेशसभा सदस्य. दुर्ग बहादुर रावत, दक्षिण शाहीको विशेष आथित्यतामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
पचालझरना गाउँपालिकाले आ.ब. २०७९,८० मा गरेका कार्य प्रगति विवरण प्रस्तुतिकरण गरि राय सुझाव लिएको छ । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष देवराज शाहीले योजना स्थलमा होडिङबोर्ड राख्ने , कामदार सहभागिताको योजनास्थलको अघि र पछिको फोटो , अनुगमन र सार्वजनिक सुनुवाइ गरेको प्रमाणका अधारमा भुक्तानि दिने ब्यवस्था गरिने पचालझरना गाउपालिका अध्यक्ष शाहिले बताउनु भयो । उहाले आगामि दिनमा नागरिकको शुसासनका लागि प्रधानमन्त्रि र मुख्यमन्त्रि रोजगारको जस्तै स्थानिय पालिकाको कार्यबिधि निर्माण गरि सम्बन्धित कादारको खातामा पालिकाले भुक्तानि गर्ने प्रणालिको अबलम्बन गरिने बताउनु भयो ।
पचालझरना गाउपालिका केन्द्र पडेक्षामा आयोजित सार्वजनिक सुनुवाइमा गाउपालिका उपाध्यक्ष अल्किना बमले सार्वजनिक सुनुवाइले नागरिकहरूको सहभागिता बृद्वी गरेको बताउनु भयो । कार्यक्रमको सुरूवातिमै सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाइ जवाफदेही र जिम्मेवार बनाउन पहल गर्ने बताउनु भयो।
कार्यक्रमका प्रतिबेदन प्रस्तुत कर्ता प्रमुख प्रशासकिय अधिकृृत पुुर्ण ब बिकले आर्थिक बर्षको आयब्याय सहितको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो । प्रस्तुत गर्दै बिकले सार्वजनिक सुनुवाइ हरेक निकायले अनिवार्य गर्नु पर्ने कानुनि ब्यवस्था भए पनि स्थानिय निकायले झन गर्नु पर्ने बताउनु भयो ।हरेक निकायसंग प्रतिपक्ष हुन्छ उसले खबदारी गर्छ तर स्थानिय निकायको प्रतिपक्षि हुदैन त्यसकारण स्थानियतहका जनप्रनिधि र कर्मचारिका लागि झन बाध्यकारी हुने बताउनु भयो ।उहाले प्रस्तुत गर्नु भएको प्रतिबेदन माथि नागरिकले जिज्ञासा राखेपछि गाउपालिका अध्यक्ष देबराज शाही ,उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशाासकिय अधिकृत पुर्ण बहादुर विक,योजना प्रशासन अधिकृत कमल बम लगाएतले जवाफ दिएका थिय ।

कार्यक्रममा अन्नपुर्ण राष्ट्रिय दैनिकका पत्रकार बिष्णु न्यौपाने र पचालझरनामै कार्यरत कर्मचारी बिष्णु पाण्डेले कार्यक्रममा उठेका सवालको टिपोट संकलन गरि ५ बुदामा निचोड प्रस्तुत गरेका छन । निचोडमा सार्वजनिक सुनुवाइमा सहभागिता बृद्वी गर्न वडास्तरमा लैजाने , सामाजिक सुरक्षा भत्ता बितरणलाइ प्रभावकारी पारदर्शी बनाउनु पर्ने ,योजनामा पारदर्शीता र दिगो बिकास हुन जरूरी रहेको सुझाव दिए । रेडयो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले सहजीकरण गर्नु भएको कार्यक्रमको रेडियोले दिनभर प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
तिलाप्रेस । ३१ भाद्र २०८०, आईतवार ०६:५८