श्री कृष्ण जन्माष्टमीको अवसरमा पलाँतामा मेला संचालन हुने

कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा श्री कृष्ण जन्माष्टमी अवसरमा २०र २१ गते भव्य रुपमा मेला संचालन हुने भएको छ ।। न्यू जेनेरेशन एण्ड डाईनमिक यूवा क्लव र श्री कृष्ण धार्मिक समिति संगको समन्व्य र सहकार्यमा यहि भदौं २० र २१ गते भव्य र सभ्य रुपमा मेला संचालन हुने  बताईएको छ  ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

विगतका बर्ष झै यस वर्षमा पनि हिन्दु धर्मालम्बीहरुको महान पर्व श्री कृष्ण जन्माष्टमी अबसरमा मेला संचालन गरिएको बताईएको छ ।यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्न सहयोग पुर्याएको समेत बताईएको छ ।

भाषा, धर्म, कला, सस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्ताका सूचक हो यसलाई हामि सम्पूर्ण नेपालिले जोगाउनका साथै यो मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी सम्पूर्ण पलाँता बासीलाई उपस्थितीको लागी न्यू जेनेरेशन एण्ड डाईनमिक यूवा क्लवले अनुरोध समेत गरेको  छ ।

तपाईको प्रतिक्रिया