कालिकोट नेकपा एमाले तिलागुफा नगर कमिटी को बैठक सम्पन्न भएको छ । तिलागुफा नगर कमिटी उपाध्यक्ष उर्मिला भन्डारा को अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नवराज रावत,प्रदेश इन्चार्ज दक्षिणा शाही , पुर्व मन्त्री कुर्मराज शाही , लेखा आयोग सदस्य कासि बराल , जिल्ला अध्यक्ष जसि प्रसाद पाण्डे , प्रदेश कमिटी सदस्य लक्ष्मण बम ,जिल्ला उपाध्यक्ष दयाराम सिम्खाडा , सचिव टेक बहादुर बोगटि , उप–सचिब ब्यासि तिरूवा , प्रदेश अध्यक्ष ऐन बहादुर शाही , नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्ला को कोषाध्यक्ष देबेन्र्द बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा तिलागुफा नगरपालिका वडा नम्बर ६ का निबर्तमान वडा अध्यक्ष धर्म बहादुर शाही , युवा नेता पुर्ण बहादुर शाही र युवा नेता मोहन शाही लाई स्वागत तथा सम्मान सहित पार्टीमा समाहित गरिएको छ । यहाँहरू को आगमनले थप बल र पार्टी सुदृढ भएको नेकपा एमालेका नेता महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । उक्त बैठकले नेकपा एमालेको संगठन सुदृढीकरण भए संगै अहिलेको सरकारले गरेका राम्रा नराम्रा पक्षको विषयमा पनि जोडदार छलफल भएकोे समेत बताए ।
तिलाप्रेस । १६ भाद्र २०८०, शनिबार २१:०३