कालिकोटमा १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइयो 

कालिकोट एउटै लक्ष्य एउटै सार,मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार “ भन्ने मुल नाराका साथ आज आयोजित मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी कालिकोटमा पनी मनाईएको छ ।जिल्लाको खाँडाचक्र नगरपालिकाको जिरो पईन्ट देखी प्रतिमाचोक सम्म विभिन्न चेतनामूलक ¥याली सहित मानव बेचविखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाईएको हो ।उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको अध्यक्षता , कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समितीका प्रमुख धनजित शाही,उपप्रमुख मिना रावलको विशेष आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी माझीले आर्थिक सबलीकरणको माध्यामबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्न बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्न सबैभन्दा पहिला आफु सचेत हुनुपर्ने र अरुलाई पनी सुझावसल्ला दिनु पर्ने समेत बताउनु भएको छ । साथै मानव बेचविखन सम्बन्धी अहिले गैर सहकारी संघ संस्थाले समाजमा विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको हुँदा मावन बेचविखनमा पनी केही कमी आएकोे समेत बताए ।

त्यस्तै प्रमुख अतिथि हिक्मत बहादुर विष्टले अहिले विशेष गरि मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालमा आवद्ध विभिन्न संघ संस्थाहरुको आयोजनामा गरिएको उक्त कार्यक्रममा पलान ईन्टरनेशनल नेपालको सहयोगमा हुरेन्डेक नेपाल किर्डाक नेपाल सादा नेपाल,फेडो आईएनएफ नेपाल,सोसेक नेपाल, लगायतका अन्य संघ संस्थाले विगत लामो समयदेखी मानव विचबिखन क्षेत्रमा काम गरिरहेको हुँदा यसले समाजमा राम्रो समन्वयकारी भूमिका खेली रहदाँ अहिले समाजमा राम्रो प्रवाहा परेको समेत बिष्टले बताए ।साथै सँधैको वर्ष भाद्र २० गते मनाउने मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस यस वर्ष पनि विविध कार्यक्रम संचालन गरि मनाईएको छ ।

तपाईको प्रतिक्रिया