पचालझरना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

कालिकोेट भदौ १६ 

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जिल्लाको पचालझरना  गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन शनिबार उद्घाटन गरिएको छ । पचालझरना गाउँपालिका नवनिर्मित प्रशासकीय भवनको प्रतिनिधी सभा सदस्य महेन्द्र बहादुर शाहीले एक कार्यक्रमका बिच भवनको उद्घाटन गर्नुभएको हो ।प्रतिनीधि सभा सदस्य शाहीले भवनको उद्घाटन गर्नुहुँदै नागरिकको काम छिटोछरितो र झन्झट रहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने भएकाले नवनिर्मित प्रशासकीय भवनबाट कर्मचारीसँगै सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो ।

उक्त उद्घाटन कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही, पूर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष अल्कीना बम ,प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क गाउँपालिकाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर वि.क ले भवनमा बैठक कक्षसहित कार्यालयका आवश्यक कोठा रहेका समेत बताए । ३ करोड ७९ लाखको लागतमा भवन निर्माण भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया