गठबन्धन ५ वर्ष टिक्छ पूर्व केन्दीय सदस्य गिरी

छत्र रोका मगर धमका ,
कालिकोट जिल्लामा नेपाल प्रेस युनियन कालिकोटले गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेपाली काँग्रसका पूर्व केन्दीय सदस्य तथा प्रतिनिधि किरण गिरीले गठबन्धन ५वर्ष टिक्ने दाबि गर्नु भएको छ । नेपाल प्रेस युनियन कालिकोटल आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पे्रस युनियन कालीकोटका अध्यक्ष नमराज योगिको अध्यक्षता, नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि किरण गिरी,नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति अम्म वहादुर शाही,नेपाली काँग्रेस कर्णाली प्रदेश का प्रभक्ता दमन वहादुर शाही,प्रदेश प्रतिनिधि मनराज शाही लगाएतको आतिथ्यतामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सांगठनिक सुधारका लागि काँग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्न लागि गाउँगाउँमा काँग्रेस भन्ने १० दिने अभियान सुरु गरेको छ । यसै विषयलाई थप प्रस्ट पार्नको लागि प्रेस युनियन कालकिोटले पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरेको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नमराज योगिले जानकारी दिनु भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


कार्यक्रमा नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष नमराज योगीको सभाअध्यक्षता नेपाली काँगेसका जिल्ला सभापती अम्म बहादुर शाहीको प्रमुख आतिथ्यता  तथा नेपाली काँग्रेस पूर्व केन्दीय सदस्य तथा प्रतिनिधि किरण गिरीको अतिथितेता र नेपाली काँग्रेस प्रदेस सभा सदस्य मनराज शाही ,दमन राज शाहीको विशेष अतिथितेता कार्यक्रम भएको थियो । नेपाली काँग्रेस लाई आगामीदिनमा बलियो बनाउनका साथै नेपाली काँगे्रस लाई वडा देखी केन्द्र सम्म बलियो बनाउनका लागी १० दिने अभियन केन्द्र देखी गाउँ सम्म चलेको नेपाली काँग्रेसका कार्यक्रताले बताएका छन् ।


कार्यक्रमा बोल्दै नेपाली काँगे्रसका पूर्व केन्द्रीय सदस्य तथा प्रतिनिधि किरण गिरीले पत्रकार हरुले सोधेका प्रश्न हरुको उत्तर दीदै नेपाली काँग्रेस पार्टी लाई सक्षम,बलीयो र जनता मुखी बताउन अब नेपालका ७७ जिल्ला र कालिकोट जिल्लाको ८२ वडामौ बलीयो बनाउने र नेपाली काँग्रेसले जिल्लामा केकस्ता काम गरेको छ भन्ने उदश्यले यो अभियान सुरु भएको बताए । साथै २५ गते देखी गाउँपालिका र नगरपालिका मा सुझाव लिने बताए । साथै अहिलेको गठबन्धन नटुट्ने बताए पत्रकार हरुले गठबन्धन किन टुट्दैन भन्ने प्रश्नमा पहीलाको जस्तो यो गठबन्धन नभएको र त्यो घाउ बिजाउन नखोजेको गिरीले बताए ।

यस्तै कार्यक्रका अतिथि नेपाली काग्रेसका प्रदेश सभा सदस्य मनराज शाहीले भन्नु भयो अब नेपाली काँग्रेस पहिलाको जस्तो काँगे्रस नहुने बताउनु भयो । अब नेपाली काँगे्रस कर्णाली प्रदेशका १० वटा जिल्लामा बिशेष अभियान चलाउने हितुले अगाडि बढी रहेको र कर्णाली प्रदेशमा नेपाली काँगे्रस पहीलो पार्टी भएको पनि दाबि गर्नु भयो । अब नेपाली काँगे्रस ब्यक्ती बाद भन्दा पनि जनता बाद हुने शाहीले बताए ।

यस्तै कर्णाली प्रदेससभाका प्रबक्ता दमन राज शाहीले भन्नु भयो ,अब नेपाली काँगे्रसले गरेका कामको जानकारी दिन र बुझाउनका लागी यो अभियान संचालन गरिएको समेत बताए । साथै कार्यक्रमा बोल्दै नेपाली काँगे्रसका जिल्ला सभापति अम्म बहादुर शाहीले भन्नु भयो द्धन्द कालमा माओवादीले नेपाली काँग्रेसले आफना कार्यक्रता तितर बितर र आफनो पार्टीमा लिएको दाबि गरे ।

यस्तै कार्यक्रमको समापन्न गदै कार्यक्रमका सभाअध्यक्ष नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष नमराज योगीले भन्नु भयो पत्रकारमा सदैव उठीरहने जिज्ञासा लाई मेटाउनका लागी यस्ता खालका कार्यक्रम आगामी दिनमा गरी रहने बताउनु भयो ।

तपाईको प्रतिक्रिया