कमल बुढा,
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका अन्तर्गत वडा नं २ डाडाखला स्थित श्री रुपादेवी आधारभुत बिधालयमा आज विधालय स्तरीय पढाइ मेला सम्पन्न भएको छ। रुपादेवी आधारभुत बिधालयको आयोजनामा, प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा, नरहरिनाथ गाउँपालिकाको समन्वयमा र किर्डाक नेपाल कालिकोटको सहजीकरणमा सो मेला सम्पन्न भएको हो।
विधालयमा स्थानिय स्तरका शैक्षिक मैत्री सामाग्रीको प्रयोगको प्रचलनका लागि आयोजना गरिएको सो मेलामा श्री रुपादेवी आधारभुत बिधालयका प्रधानाध्यापक मन बहादुर बुढाको अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष कटक बहादुर बुढाको प्रमुख आतिथ्यता, कालिकोटका बालबालिकाको पढाई लेखाइ सीप सुधार परियोजना संयोजक पदम हमालको विशेष आतिथ्यता रहेको थियो भने फिल्ड सुपरभाइजरद्व्य ईसरा बुढा र दुधा बुढा, विधालय व्यवस्थापन समिति अध्यक्ष जुल्फे कामी, वडा नं २ का पुर्व वडाध्यक्ष प्रेम दमाई र किर्डाक नेपालका फिल्ड सुपरभाईजर दिपक बटाला लगायतको आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा युवा, विर्धार्थि, पत्रकार अभिभावक लगायतको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले घर बलियो जगले रास्ट्र बलियो बालबालिकाले भन्ने भनाई अनुरुप यस ठाउँका घर र विधालयमा हुने पठनपाठनमा अभिभावकको भुमिका पनि अग्रणी हुनु पर्ने बताउनुभयो। स्थानीय सरकारले गर्नुपर्ने काम संघ संस्थाले गर्दिने भएकाले कृतज्ञता प्रकट गर्नुभयो। यी र यस्तै कार्यको थालनी लाई स्थानीय तहले निरन्तरता दिन आफू कुनै कुरामा नचुक्ने प्रतिवद्द्ता ब्यक्त गर्नुभयो। पढाईकुना मात्र नभएर आफ्ना नानिबाबुहरुलाई शैक्षिक सामाग्री अपुग हुन नदिन पनि आग्रह गर्नुभयो। भने बिशेष अतिथी हमालले विधालय स्थानिय शैक्षिक सामग्री मैत्री हुन अर्थात प्रयोग गर्न, अभिभावक र विर्धार्थी बिचको सामीप्यता बढाउन रबिर्धार्थिको भविस्य सुनिश्चित बनाउन सबैको उत्तिकै जिम्मेवार रहनु पर्ने त्यस्तै पढाइमा सुधार आउन यो परियोजनामा लागू गरिएको बताउनु भयो।
त्यस्तै सो विधालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष मन बहादुर बुढाले आफु विधालयमा आउदा धेरै नाजुक अवस्थामा रहेको थियो अहिले केहि सुधारमा आएको भन्दै बिश्वस्त पार्नुभयो। विगत देखि अहिलेसम्म सरकारले भन्दापनी विभिन्न संघसंस्थाले गरेको सहयोगले विधालयको स्तरोन्नति भएको बताउनुभयो।संघ संस्थाले शैक्षिक सामाग्री, भौतिक पुर्वाधार लगायतका सामानहरु सहयोग गरेर विधालयको स्तर धेरै माथी उठाईदिएकोले संघ संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। र आफुले त्यो गुन कहिल्यै बिर्सिन नसकिने पनि बताउनुभयो।
सो मेलाको अवसरमा विर्धार्थिहरुबिच अक्षर चिनारी, हाजिरीजवाफ, बाल नृत्य र मिठाई दौड प्रतियोगिता गरिएको थियो। कालिकोटका बालबालिकाको पढाई लेखाइ सीप सुधार परियोजनाले नरहरिनाथका १२ वटा विधालयको ३६ वटा सिकाई केन्द्र रहेका छ्न। सोमार्फत १२ सयभन्दा बढी विर्धार्थिहरु लाभान्वित पनि भैईसकेका छन।
तिलाप्रेस । २१ श्रावण २०८०, आईतवार १९:४६