सरूवा रोग  अस्पताल सार्ने बिषयको बिरोध गर्दै हस्ताक्षर संकलन

कालिकोट कालीकोटमा रहेको सरूवा रोग अस्पताललाई अन्यत्र सार्ने बिषयमा हस्ताक्षर संकलन गरिएको छ ।जिल्लामा दुई वर्षदेखि सेवा दिँदै आएको सरुवा रोग अस्पताल अन्यत्र जिल्लामा सार्ने ‘षडयन्त्र’ रोक्न र उचित बजेट व्यवस्थापन गर्न माग गर्दै जिल्लामा हस्ताक्षर संकलन गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


चे फेर्स नेपाल कालिकोटका ब्रिगेड कमान्डर हिक्मतजंग मल्लको नेतृत्वमा हस्ताक्षर संकलन गरिएको हो । कालीकोटमा स्थापना भएको सरूवा रोग अस्पताल अन्यत्र जिल्लामा सार्ने भएपछि कालीकोटमा बिरोध स्वरूप हस्ताक्षर संकलन गरि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई दिने चे फोर्सका कमान्डर हिक्मत मल्लले बताए । उनले बुधबार मात्र पाँच सय भन्दा बढी हस्ताक्षर संकलन गरेको जनाए । स्वास्थ्य क्षेत्रमा कालिकोट जिल्लाको स्तर र आम जनताको पहुँचबाट दिनानुदिन टाढा भइरहँदा प्रदेश सरकारले सरुवा रोग अस्पताल सार्ने कुराको बिरोध गर्दै हस्ताक्षर संकलन गरि पठाउने बताए । अस्पतालका लागि आबश्यक बजेट ब्यवस्थापन गर्नको साटो सार्न खोजिएको बताए ।

साविक कर्णाली अञ्चलका पाँच वटै जिल्ला सहित कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लालाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था भइरहँदा यसलाई सार्न नहुने मल्लले बताए । प्रदेश सरुवा रोग अस्पतालमा वरिष्ठ जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत १ जना सहित २१ जनाको दरवन्दि रहेको अस्पताललाई ब्यवस्थापन गर्न छोडेर सार्न खोजिएको भन्दै कालीकोटका नागरिकले बिरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया