डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आज जिल्ला सदरमुकाम दुनैमा एक कार्यक्रम गरेर डोल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
राष्ट्रिय लक्ष्यअनुसार जिल्लाकोआठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएपछि जिल्लालाई पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पोख्रेल, जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बुढा, स्थानीय तहका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो।
तिलाप्रेस । १६ असार २०८०, शनिबार १७:५७