कमल कुमाल कालिकोट राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाको तिलागुफा नगरपालिकामा पनि शुक्रबार धान दिवस मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव तिलागुफामा पनि मनाइएको हो ।
असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन रहेको छ । तिलागुफा नगरपालिकाको आयोजनामा संचालन भएको दिवसमा तिलागुफा नगरपालिका उप प्रमुख महेन्द्र बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर मल्ल लगायत सरोकारवालहरुको उपस्थितीमा वडा नं.६ को जुविथामा गएर रोपाइ दिवस मनाइएको उप प्रमुख शाहीले बताए ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायक सिद्ध हुने विश्वास लिएको समेत बताए । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
तिलाप्रेस । १५ असार २०८०, शुक्रबार २०:२१