कालिकोट जिल्लाको पचालझरना गाउँपालीकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष देवराज शाही को अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाही को प्रमुख आतिथ्यता ,उपाध्यक्ष अल्किना वमको विषेश आतिथ्यतामा वजेटको सार्वजनिक गरीएको हो । पचालझरना गाउपालीकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । शुक्रवार ११ औ गाउ सभामा गाउपालीकाले प्राप्त गर्ने आन्तरिक राजस्व सहित प्रस्ताबित ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाँको बजेट प्रस्तुत गर्दै पचालझरना गाउँपालीका उपप्रमुख अल्किना वमले गएको वर्षको भन्दा फरक ढंगले विकास निर्माण तथा अन्य काम अघि बढ्ने बताउनु भएको छ । पालीका सरकाले चालू वर्षका योजनालाई निरन्तरता दिने बताउदै अन्य नितिगत निर्णय भएको प्रमुख देवराज शाहीले बताउनु भएको छ ।

साथैप्राविधिक तथा व्यावसायिक गुणस्तरिय शिक्षा प्रदान गर्ने, स्वस्थ तथा प्रभावकारी स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्ने,दिगो र भरपदी भौतिक पूर्वाधारले सम्पन्न पचालझरना निर्माण गर्ने,कृषिको उत्पादन र उत्पाद्ध गर्दै जनताको जीवन स्तरलाई सम्बृद्ध बनाउने,स्थानीय स्रोत साधनको उचित बजारीकरणको माध्यामबाट जारी सृजना गर्ने,सार्वजनिक सेवा प्रवाहको गुणस्तर बढाउदै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गरी सुशासन कायम गर्ने सुशासनलाई संस्थागत गर्दै गाउपालिकाले प्रवाह गर्ने सेवामा नागरीकको पहुँच अभिवृद्धि गरि सेवा प्रवाहलाई दृष्त र पारदर्शि लगायतका निर्णय गरिएको छ । उक्त कार्यक्रममा जि.स.कालिकोटकी उप प्रमुख मिना रावत (विक), नि वर्तमान अध्यक्ष खडगराज सेजुवाल, नि वर्तमान उपाध्यक्ष तारा न्यौपाने सम्पुर्ण जनप्रतिनिधी तथा राजनितिक दलका प्रतिनिधी, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मि, संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।।
तिलाप्रेस । ८ असार २०८०, शुक्रबार २०:४९