रास्कोट नगरले ल्यायो ४९करोड ९१ लाख १५ हजार ७ सय

कालिकोट हामी बनाउछौ हाम्रो नगर भन्ने मुल नाराका साथ जिल्लाको रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ४९करोड ९१ लाख १५ हजार ७ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

विहिवार १२ओैं नगर सभामा नगरले प्राप्त गर्ने आन्तरिक राजस्व सहित प्रस्ताबित ४९करोड ९१ लाख १५ हजार ७ सय काे बजेट प्रस्तुत गर्दै रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले गएको वर्षको भन्दा फरक ढंगले विकास निर्माण तथा अन्य काम अघि बढ्ने बताउनु भएको छ ।नगर सरकाले चालू वर्षका योजनालाई निरन्तरता दिने बताउदै अन्य नितिगत निर्णय भएको नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ ।

बजेका उदेश्य हरु
१. प्राविधिक तथा व्यावसायिक गुणस्तरिय शिक्षा प्रदान गर्ने,
२ स्वस्थ तथा प्रभावकारी स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्ने,
३ दिगो र भरपदी भौतिक पूर्वाधारले सम्पन्न रास्कोट निर्माण गर्ने,
४ कृषिको उत्पादन र उत्पाद्ध गर्दै जनताको जीवन स्तरलाई सम्बृद्ध बनाउने,
५ स्थानीय स्रोत साधनको उचित बजारीकरणको माध्यामबाट जारी सृजना गर्ने,
६ सार्वजनिक सेवा प्रवाहको गुणस्तर बढाउदै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गरी सुशासन कायम गर्ने सुशासनलाई संस्थागत गर्दै नगरपालिकाले प्रवाह गर्ने सेवामा नागरीकको पहुँच अभिवृद्धि गरि सेवा प्रवाहलाई दृष्त र पारदर्शि बनाइनेछ ।

तपाईको प्रतिक्रिया