कमल कुमाल कालिकोट
जिल्लाको तिलागुफा नगरपालिका महिला शाखाको आयोजनामा संचालित सेनेटरी प्याड सम्बन्धी तीन दिने तालिम समापन भएको छ । तिलागुफा नगरपालिकामा भित्र रहेका करिव ३३ जना महिला हरूलाई ३ दिने तालिम दिईएको हो ।उक्त समापन कार्यक्रममा नगर प्रमुख शंकर प्रसाद उपाध्याय ,नगर उपप्रमुख महेन्द्र बहादुर शाही लगायतका महिलाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको होे ।

उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख उपाध्यायले हाम्रो समाजमा अहिले पनी महिला हरू लजाउने बानिले गर्दा सरसफाइ को समस्याले स्त्री रोग लाग्ने गरेको हुँदा यस तालिमाबाट सिकेका कुरालाई ब्याहारमा लागु गरेर आफु स्वच्छ रहन समेत आग्रह गर्नुभएको छ । यश तालिम बाट सिकेको सिपले गाउमा रहेका दिदी बहिनी लाई सिकाइ स्यानिटरि प्याड प्रयोग गर्नेको संख्या बृद्दि हुने बिश्वास लिएको उपप्रमुख शाहीले बताउनु भयो । साथै वडा हरूमा सिकाउनका लागि सामाग्री समेत हस्तान्तरण गरिएको छ ।





तिलाप्रेस । ७ असार २०८०, बिहीबार १५:३६