कालिकोट । आधारभूत पत्रकारीता तथा घटना अध्ययनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकाका नागरिक समाज तथा युवा, बालक्लवका सहभागिहरुलाई पत्रकारीतासम्बन्धी आधारभूत तालिम दिएको हो ।
स्थानीय तहसँगै जिल्लाका पत्रकार, नागरिक समाज, मानवअधिकार कर्मी तथा दलित अधिकारकर्मीहरुका लागि आधारभूत पत्रकारिता तथा घटना अध्ययनसम्बन्धी सुरु भएको थियो ।
मानवअधिकार, लोकतान्त्रीक नागरिक स्थान, सामाजिक न्याय, सामाजिक समानता तथा समाजमा जडागाडेर रहेका परम्परागत हानिकार अभ्यास एवं विभिन्न कुरिति कुसंस्कारविरुद्ध सामाजिक सञजाल तथा पत्रकारिताको क्षेत्रबाट सवाललाई उठान गर्ने कार्यक्रमको उद्देश्य रहेको दलित महिला संघ फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीले बताए ।
नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले समाजमा रहेका वर्तमान सवालहरुको एकिन गरी त्यसबारे सत्यतथ्य विषयहरुको उजागर गर्ने र रेडियो पत्रकारितामा आवश्यक पर्ने लेखन ,बाचन तथा उद्घोषणका विषयमा प्रशिक्षण दिएका छन् ।

तालिममा कालीकोट जिल्लाका खाँडाचक्र नगरपालीका, रास्कोट नगरपालीका, सान्नित्रिवेणी गाउँपालीका, नरहरीनाथ गाउँपालीका र जिल्लाका पत्रकार, मानव अधिकार कर्मि र नागरिक समाज गरी २५ जनाको तालिममा सहभागिता रहेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेश्नल नेपाल र दलित महिला संघ (फेडो) नेपालको साझेदारीमा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाइ परियोजनाअन्तर्गत तीनदिने तालिमको आयोजना गरिएको थियो ।
दलित महिला संघ कालीकोटका अध्यक्ष हजा सुनारको अध्यक्षता भएको तालिममा बोल्दै हजार सुनारले पत्रकारितासम्बन्धी तालिम महत्वपूर्ण रहेको भन्दै समाजमा रहेका विभिन्न कुपर्थाहरुलाई न्यूनिकरण गर्नतिर सबै नागरिक समाज तथा पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन्
तिलाप्रेस । ९ जेष्ठ २०८०, मंगलवार १७:३६