७दिने आधारभुत पत्रकारिता उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न

कमल कुमाल
कालिकोट  जेष्ठ ९
जिल्लाको खाँडाचक्रर नगर पालिकामा जेष्ठ २ गते देखी ८ गते सम्म सन्चालन भएको आधारभुत पत्रकारीता उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

खाँडाचक्रर नगरपालिका गरीबी निवारण तथा सिप विकास कार्यक्रमको आर्थिक सहयोग छरछिमेक मिडिया नेटवर्क प्रा.ली.को साझेदारीमा संचालन गरिएको ७ दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको हो। उक्त समापन कार्यक्रममा छरछिमेक मिडिया नेटवर्क प्रा.ली.संचालक पुष्पराज भट्टराईको सभाअध्यक्षता खाडाचक्रर नगर पालिका प्रशासन अधिकृत अबिराज शाहीको प्रमुख आतिथ्यता र खाँडाचक्रर नगर पालिका लघु उद्दमबिकास सहजकर्ता सुनिता पाण्डेको विशेष आतिथ्यतामा तालिम समापन भएको हो । कार्यक्रममा खाँडाचक्रर नगर पालिका वडा नं १ देखी ११ वडा का २२ जना तालीममा सहभागी रेहेका थियो।

कार्यक्रममा बोल्दै खाँडाचक्रर नगर पालिकाका प्रशासन अधिकृत अबिराज शाहीले अबका भाविदिनहरुमा यस्ता सीप मुलक कार्यक्रम हरु संचालन गर्ने पनि शाहिले बताउनु भएको छ ।

साथै कार्यक्रममा सिकेका कुराहरुलाई ब्यावहारमा लागू गर्न र समाजमा घटेका घटनाहरुलाई आम सञ्चारबाट प्रसारण गर्ने बिश्वष लिएको समेत भट्टराईले बताउनु भयको छ

तपाईको प्रतिक्रिया