कालिकोट उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको जिल्लास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालिकोटका सदस्य धनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । आर्थिक वर्ष २०७९–०८० को प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८०–०८१ मा गरिने क्रियाकलपाबारे जानकारी गराइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटका निमित्त प्रमुख हरिशचन्द्र नेपालीले आर्थिक वर्ष २०७९–०८० मा गरेका मुख्य उपलब्धि तथा अन्य क्रियाकलापबारे स्पष्ट पार्नुभएको छ ।
नेपालीका अनुसार निकासा भएको २ करोड ६३ लाख ३३ हजार २ सय ८१ रुपैयाँमध्ये हालसम्म ७३ लाख १६ हजार ३ सय १७ खर्च भएको छ । असार मसान्तसम्ममा बाँकी रकम योजना तथा कार्य सम्पन्न पश्चात खर्च हुने बताइएको छ । नेपालीका अनुसार २७–७८ प्रतिशत रकम हालसम्म खर्च भएको छ । नेपालिले कार्यालयमा कुनै पनि शिर्षकमा बेरुजु नदेखिएको उनले बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटले कम्प्युटर कक्षा, सिलाईकटाई लगायत सीप विकास सम्बन्धिका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।
तिलाप्रेस । २४ बैशाख २०८०, आईतवार १७:२९