कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ९ थोल्म निवासी समाज सेवि युवा टक्क तिरूवा हाल भारतको बेंगलोरको एक बिल्डिङमा सेक्युरेटि गरिरहेका छन । उनी बेंगलोरमा गएको लगभग ५ देखि ६ वर्ष जति भयो ।
उनले आफ्नो जिविको पार्जन र घरपरिवारलाई व्यबस्थापन पनि त्यहि बेङलोर बाटै गरिरहेका छन्। उनले सामाजिक सेवा गर्ने ईच्छा राखि श्री सरस्वती आधार भुत बिद्यालय (थोल्म, मा कक्षा १देखि ५ कक्षा सम्मका लगभग २०० जना अध्यानतर विद्यार्थीलार्ई एक कार्यक्रमका बिच स्कुल ड्रेस सट र पोईन्टको कपडा हस्तान्तरण गरेका छन ।

उक्त स्कुल ड्रेस बुवा काँसे तिरुवा को हातबाट र प्रधानाध्यापक नन्दा किष्न बराल,सम्पूर्ण शिक्षक गाँउका जान्ने मान्ने व्यक्तिहरूको सहभागितामा एक कार्यक्रम बिच बितरण गरिएको हो ।




तिलाप्रेस । २५ बैशाख २०८०, सोमबार १२:४१