कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले निर्माण भइरहेका योजनाहरूको अनुगमन तीव्र पारेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि दोस्रो चरणको अनुगमन तीव्र पारे संगै योजनाहरुमा गुणस्तरीय काम भैरहेको उपमेयर महेन्द्रबहादुर शाहीले जानकारी दिनुभएको छ । शाहीका अनुसार हालसम्म पूर्वाधार विकासअन्र्तगतका ८० प्रतिशत योजनाको कामहरु सम्पन्न भएको बताए । उपमेयर तथा अनुगमन समिति संयोजकले ५ लाखभन्दा माथिका योजनाहरूको अनुगमन गरिरहेको छ भने ५ लाखभन्दा कमका योजना वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा गठन भएको अनुगमन समितिले अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ।
वडा नं. ११ नं.वडा बाट सुरु गरिएको अनुगमना नगरपालिका भित्र रहेको सम्पुर्ण वडाहरुमा अनुगमन गरेसंनै गुणस्तरीय काम हुने विश्वास समेत बताए । निमार्ण भैरहेको योजनाको अनुगमन प्राविधिक ईन्जिनियर भरत विष्ट,सव ईन्जिनियर हरी उपाध्याय अनुगमन समिति सदस्य दिपक शाही बसुन्धर दमाई लगायतकोे टोलीले अनुगमन गरेको हो।नगरपालिकामा भएका जम्म ५९ योजना निर्माण अन्तिम चरणमा रहेको र ४० प्रतिशत योजनको भुक्तानीसमेत गरिसकेको नगर उप प्रमुख शाहीले बताउनु भएको छ ।

तिलाप्रेस । २४ बैशाख २०८०, आईतवार ०५:४१