बैशाख २३ कालिकोट । २५६७ औँ बुद्धजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।त्यस्तै कालिकोट जिल्लामा पनि कर्णालि जेसीज कालिकोटले शुक्रबार साँझ सदरमुकाम मान्ममा २५६७ औं बुद्ध जयन्तिको शुभअबसरमा दिप प्रज्वलन गरेको छ । शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको २ हजार ५ सय ६७ बर्ष पुगेको दिनको सम्झनामा दिप प्रज्वलन गर्दै जिल्लाबासीको घर आगनमा शुख सान्ति र समृद्धिका लागि गौतमबुद्धको बास होस भन्दै बुद्ध जयन्तिको अबसरमा दिप प्रज्वलन गरिएको हो । कर्णाली जेसीज कालिकोटका बर्ष २०२३ का अध्यक्ष जेसी हरी प्रसाद पाण्डेको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यतामा जिल्लाको सदरमुकाम मान्ममा रहेको प्रतिमाचोकमा मैनबत्ति जलाएर दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा सम्सेर गुल्मका गुल्मपति आसिष भण्डारी, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक मित्रलाल श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत मित्यानन्द ढुंगाना, निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुवराज बम, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, लगाएतका सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै बर्ष २०१६ का अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले एक बर्ष, एक पद, एक ब्यक्तिको रुपमा नेतृत्व हस्तान्तरण गर्ने एक मात्र नमुना युवा संगठन नेपाल जेसीजले युवाहरुलाई बिधिको शासनको अबलम्वन गराउदै ब्यक्तित्व क्षमता बिकासका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्तो युवा संगठनले बुद्ध जयन्तिको शुभअबसरमा दिप प्रज्वलन गरि समाजमा रहेको असान्ति हटाउदै शान्तिको बिउ छर्न कर्णाली जेसीजले भुमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समाजमा रहेको बिद्यमान बिकृति बिसंगतिलाई न्यूनिकरण गर्न कर्णाली जेसीजले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो ।
तिलाप्रेस । २३ बैशाख २०८०, शनिबार ०५:५३