कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालीका ७ एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सान्नित्रिवेणी गाउँपालिका वडा नं ७ की ३१ वर्षीया दाना कामी लाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ । उनी वैशाख २१ गते स्वास्थ्य चौकी मेहलमुडिमा भर्ना हुनुभएको थियो ।
बर्थिङ्ग सेन्टरको रिपोर्ट रास्कोट अस्पताले हेर्दा एउटा बच्चा उल्टो भएको पुस्टि गरेको हो । पेट र ढाड दख्यो भनि भर्ना भएकी कामीको पेटमा जुम्ल्या बच्चा भएको र एउटा बच्चा उल्टो भएकाले यहाँ डेलिभरी गराउन नसकीने हुदा सुर्खेत रिफर गरेको सान्नित्रिवेणी गाउँपालीकी उपाध्यक्ष पार्वतिसिहँ सञ्यालले जानकारी दिनुभयो । उपाध्यक्ष सञ्यालले सहयोग गर्नु हुने प्रमुख जिल्ला अधिकारी जोरासिह माझी लगाएत सवैलाई धन्यवाद दिनुभएको छ ।

तिलाप्रेस । २२ बैशाख २०८०, शुक्रबार २०:२४