मनिष न्याैपानेकाे  परिवारलाई खाद्यान्न सहयोग

 बैशाख१९ कालिकोट  जिल्लाकाे पचालझरना गाउँ पालिका वडा ४का महनलाल न्याैपानेकाे परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
अमेरिका निवासी अरुण बाँस्काेटाकाे आर्थिक सहयोग तथा पत्रकार ललित विष्टको समन्वयमा खाद्यान सहयोग गरिएको हाे।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

२ वर्षका मनिष न्याैपानेकाे हातको उपचारकोलागि आर्थिक अभाव भएपछि जिल्ला अस्पताल कालिकोटका डाक्टर रमितानाथ याेगि लगायतका स्वास्थ्यकर्मीहरूले पैसा उठाएर उपचार गरेको समाचार प्रकासित भयपछि उक्त समाचार पढेर अमेरिकाबाट खाद्यान्न सहयोग जुटेकाे हाे ।

साेमबार पत्रकारहरू मनिषकाे घर पचालझरना गाउँपालिका घरमै पुगि खाद्यान्न सहयोग पराप्त भए पछि  उनका परिवाले पत्रकारहरुलाई धन्यवाद समेत  दिएका छन्।
६ जनाको परिवारलाई ५ कट्ठा चामल १ कट्ठा दाल १पेटि तेल केही साबुन राहत दिएका हुन् ।पत्रकार विष्टले याे भन्दा पहिले पनि वादि समुदाय र कालिकोटका दलित परिवारलाई खाद्यान्न सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया