बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ७ सय २० जना लाभान्वित भएका छन् ।जगन्नाथ गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पताल धनगढी, कैलालीको समन्वयमा आयोजना गरिएको ३ दिने निःशुल्क आँखा शिविरबाट ७ सय २० जनाले सेवा लिएका छन अस्पतालमा जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयबासीले गाउँपालिकाकै विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट सेवा लिएका हुँन् ।

बैशाख १४ गतेबाट सञ्चालन गरिएको आँखा शिविरको पहिलो दिन वडा नम्बर–१ को लुमा स्वास्थ्य चौकीबाट १ सय महिला र १ सय १० जना पुरुष गरि २ सय १० जनाले सेवा लिएका थिए भने दोस्रो दिन अर्थात बैशाख १५ गते वडा नम्बर–३ मा रहेको हुनिमहती स्वास्थ्य चौकीबाट १ सय १५ महिला र १ सय ५० पुरुष गरि जम्मा २ सय ७५ जनाले सेवा लिएका छन् ।शिविरको अन्तिम दिन अर्थात् बैशाख १६ गते वडा नम्बर–६ मा रहेको सामुदायिक स्वास्थ्य चौकीबाट १ सय महिला र १ सय ३५ जना महिला गरि जम्मा २ सय ३५ जनाले सेवा लिएका छन् ।

तीन वटै स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३ सय २५ महिला र ३ सय ९५ जना पुरुष गरि जम्मा ७ सय २० जना नागरिकले सेवा लिएका हुँन् ।आँखा शिविरमा प्रत्येक ज्येष्ठ नागरिक महिलालाई आँखा कति कजोर छ भनेर अक्षर देखाएर स्पष्ट आँखा नदेख्ने बिरामिको आँखा चेक जाँच गरिएको र आँखै नदेख्नेहरुलाई आँखाको अप्रेशन गर्ने र सामान्य आँखा तिरमिराउने अलि टाढा नदेख्ने नागरिकलाई औषधि र चस्मा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभएको छ । गाउँपालिका अध्यक्ष शाहीका अनुसार आँखै नदेख्ने ९१ जना ज्येष्ठ नागरिक महिला र पुरुष हरुको कोल्टीमा बैशाख २४, २५ र २६ गते सञ्चालन हुँने निःशुल्क स्वास्थ्य शिविरमा आँखाको मोतिया बिन्दुको अप्रेशन र उपचार गरिने उहाँले बताउनुभयो ।




तिलाप्रेस । १७ बैशाख २०८०, आईतवार १०:२७