कालिकोट जिल्ला अस्पताल कालिकोटमा फागुन २६ गते शुक्रबारका दिन कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाबाट हाडजोर्नी तथा नशारोग, बालरोग ,छाला रोग, तथा नाक कान घाँटीका विशेषज्ञ चिकित्सकहरु आई स्वास्थ्य परिक्षण तथा उपचार गरिने भएकोले सम्पुर्ण सेवाग्राहीहरुलाई सेवा लिन जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।
साथै उक्त दिन हात नभएका, हात बाङ्गोटिङ्गो भएका र हात सम्बन्धी कुनैपनी समस्या भएका बिरामीहरुको पनि परिक्षण गरि छनोटमा परेका बिरामीहरुको जुम्लामा निशुल्क उपचार हुने समेत महतले जानकारी दिनुभएको छ ।

तिलाप्रेस । २४ फाल्गुन २०७९, बुधबार २०:१२