वन डढेलाे नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न

कालीकाेट, वन डढेलाे नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएकाे छ । डिभिजन बन कार्यालय कालीकाेटकाे आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
गर्मीयाम शुरु भएसँगै जिल्लाका बिभिन्न वन क्षेत्रहरुमा बन डढेलो लाग्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणको लागी सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


डिभिजन वन कार्यालय कालीकाेटका निमित्त डिभिजन वन अधिकृत रमेश कुमार गिरीकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझिकाे प्रमुख आतिथ्यतामा समन्वयात्मक बैठक बसेकाे हाे । बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी माझिले वन डढेलो नियन्त्रणका लागी समयमा नै पुर्वतयारी गर्न आबश्यक रहेको बताए । उनले बन उपभोक्ता समितीका पदाधिकारी तथा उपभोक्ता र आमनागरिकलाई बन डढेलो नियन्त्रण सम्बन्धि सचेतना प्रदान गर्ने, यदी कोही कसैले वनमा आगलागी गरिहालेमा उसलाई हुने कानुनी कारवाही, तथा जैविक र मानबिय क्षेत्रमा पार्ने असरका बारेमा सबैमा सचेतना प्रदान गर्नुपर्ने बताए । अपनाेत्व हुने गरेर उपभोक्ता समिति गठन गर्नु पर्ने जनाए ।
यस्तै डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले बन डढेलोबाट बन र बन्यजन्तु, प्राकृतिक सम्पदा, वनस्पति, मात्र नभई मानबिय क्षति समेत हुने भएकोले वन डढेलो रोकथामको लागी सबै क्षेत्र सक्रियपुर्वक लाग्नुपर्ने जनाए । उनले वन डढेलो रोकथामको लागी कार्यालयको तर्फबाट गरिने सचेतिकरणका कार्यहरु सञ्चालन भैरहेको जानकारी दिए ।
कार्यक्रममा सरोकारवालाहरु निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया