नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समितिको साधारण सभा पहिलोपटक कालीकोटमा आयोजना हुने भएको छ ।महासंघको प्रदेश कार्यसमितिको आयोजना तथा कालीकोट शाखाको आथित्यतामा चैत्र १८ र १९ गते साधारण सभा कालीकोटको नरहरिनाथ गाउँपालिकामा रहेको सुनथराली विमानस्थलमा आयोजना गर्न लागिएको हो । साधारण सभाका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी महासंघ तिव्र तयारीमा लागेको महासंघले जनाएको छ ।
साधारण सभाको उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, संघिय सरकारका संचारमन्त्री, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधि र प्रदेशसभा सदस्यहरु, कालीकोटस्थित स्थानीय तहका प्रमुखहरू र विभिन्न संघ संगठनका प्रमुखहरूको सहभागिता रहने महासंघले जनाइएको छ ।कालीकोटको पहिचान भाषा संस्कृतिको जर्गेना, पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवद्धनका लागि इतिहासमै पहिलो पटक महासंघको साधारण सभा कालीकोटमा हुने भएको हो ।

२०४२ सालदेखि निमार्ण कार्य सुरु गरिएको कालीकोटको पहिचान झल्काउने सुनथराली विमानस्थलमा महासंघको साधारण सभा गर्न लागिएको हो । ३६ जना मजदुरले ज्यान गुमाएको सुथराली विमानस्थलमा महासंघको साधारण सभा हुने भएपछि कालीकोट बासी खुसी भएका छन् ।महासंघको साधारण सभा सम्पन्नका लागि जिल्ला समन्वय समिति र कालीकोट जिल्लाका ९ वटै स्थानीय तहले ऐक्यवद्धता जनाएका छन् । साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने महासंघका महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार, ‘साधारण सभामा महासंघका १० जिल्ला शाखा, १० प्रदेश कार्यसमिति गरी ३ सय भन्दा बढी सदस्यको सहभागिता हुने छ ।’
साधारणसभाका लागि आर्थिक दायित्व प्रदेश समितिले लिएको छ । महासंघले साधारणसभा सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि समेत अनुरोध गरेको महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकन्चन भारतिले जानकारी दिए । महासंघको साधारण सभा सम्पन्न गर्नका लागि स्थानीय सरकारको समेत दायित्व बोध हुने भएकोले कालीकोटका स्थानीय तहसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्षले बताए ।करिव ४ दशकदेखि निमार्ण हुन नसकेको सुनथराली विमानस्थलको निमार्ण कार्य भर्खरै सम्पन्न भएको छ । अहिले उक्त विमानस्थलमा नियमित उडानका लागि कसैले पहल नगरेको भएपछि महासंघले नियमित उडानका लागि जोडदार आवाज उठाउने भएकाले साधारणसभा सुनथरालीमा आयोजना गर्न लागिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।साधारणसभाका लागी आउने सदस्यहरुलाई खान र बस्नको व्यवस्था नरहरिनाथ गाउँपालिकाले गर्ने भएको छ, । महासंघको साधारणसभा सम्पन्नका लागि जिल्लाका ९ वटै स्थानीयले तहले आर्थिक सहयोग गर्ने बचनवद्धता गरेका छन् ।
तिलाप्रेस । २१ फाल्गुन २०७९, आईतवार २०:११