जुम्ला कारागारबाट दुई जना कैदीबन्दी मुक्त भएका छन् । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएपछि उनीहरू मुक्त भएका हुन् ।
कारागार मुक्त हुनेमा मुगुका ३२ वर्षीय ज्ञानजन भन्ने पदम लाउट र सुशील शाही रहेका छन् । लाउट बहुविवाहमा मुद्दामा र शाही आत्महत्या दुरुत्साहनमा कैद सजाय भोगी रहेका थिए । लाउट र शाहीले ५०र५० प्रतिशत कैद सजाय भोगी सकेको जुम्ला कारागारका जेलर विष्णुबहादुर महतले बताए

तिलाप्रेस । ७ फाल्गुन २०७९, आईतवार १६:५३