रास्कोट नगरपालिकामा मेलमिलाप कर्ताहरुका लागि ३ दिने अभिमुखीकरण तालीम संचालन

फागुन ९ कालिकोट हामी बनाउ छौ हाम्रो नगर भन्ने मुल नाराका साथ आज रास्कोट नगरपालिका को आयोजनामा मेलमिलाप कर्ताहरुका लागि ३ दिने अभिमुखीकरण तालीम संचालन गरिएको छ । रास्कोट नगरपालिका का उप मेयर तथा न्यायिक समिति का संयोजक मनिराज बराल को अध्यक्षमा र नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष अम्मलराज शाहि, कानुनी अधिवक्ता उमाकान्त न्यौपाने, पत्रकार महासंघ का उपाध्यक्ष नमराज योगी, रास्कोट नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमको आतिथ्यमा र वडा अध्यक्ष, मेलमिलाप कर्ताहरु को उपस्थिति मा तालिम संचालन गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तालिममा बोल्ने अतिथि हरुले नेपालको संबिधान मा भएको ब्यबस्था र कानुनी प्रावधान का आधारमा मेलमिलाप कर्ताहरुले वडामा मेलमिलापको काम गर्नुपर्ने, न्यायिक समिति ले पिडक र पिडित लाई विभेद नहुने गरि न्याय प्रर्दान गर्नु पर्ने बताए । ३ दिन को तालिममा सिकेका कुराहरुलाई ब्यबहार मा लागु गर्नु पर्ने भन्दै हाम्रो समाजमा हुने बाल विवाह,बाल श्रम,बाल हिंसा, लैंगिक भेदभाव लाइ कसरि न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने बोल्ने बक्ताहरुले बताए का छन ।

यस्तै मेलमिलाप कर्ताहरु र न्यायिक समिति को काम कर्तव्य का बारेमा जानकार भइ जघन्य अपराधलाई र देवानी अपराध लाइ पनि कानुनी कुरामा ध्यान दिएर मेलमिलाप को नितिमा जानुपर्ने बताए। तालिम को सहजिकरण कानुनी अधिवक्ता अम्मलराज शाहि र उमाकान्त न्यौपाने गर्नु भएको हो।

तपाईको प्रतिक्रिया