कालिकोट सान्नीत्रिवेणी गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मिको भिर वाट लडेर मृत्यु भएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ वस्ने छपेस वोगटिको हिजो भिर वाट लडेर मृत्यु भएको हो ।
गाउँको लेक तिर रहेको भिरमा घाँस काट्न गएको वेला हिजोसाँझ लडेर मृत्यु भएको वडा नं. ८ का वडा अध्यक्ष नौलाशिंह बुढाले जानकारी दिनु भयो । वोगटीको शव आज विहान मात्र आफन्तले भेटाएका हुन् ।

सान्नी त्रिवेणी गाउँपालिकामा कार्यरत स्थायी स्वास्थ्यकर्मि समेत रहेका वोगटिको आज प्रहरी स्वास्थ्यकर्मिको टोलीले पोष्टमार्टम गरेर सव आफन्तलाई बुझाएका छन् ।
तिलाप्रेस । १३ माघ २०७९, शुक्रबार १७:५१