कमल कुमाल कालिकोट संसारका दलित एकजुट हौँ,समानतामुलक समाजको निर्माण गरौ भन्ने मुला नाराका साथ, दलित अधिकार पैरवी सन्जालको प्रथम जिल्ला भेला एक कार्यक्रमका विच सम्पन्न भएको छ । दलित अधिकार पैरवी सन्जाल कालिकोटको आयोजनामा माघ १३ गते प्रथम जिल्ला भेला भएको हो ।
दलित अधिकार पैरवी सन्जाल कालिकोटका संयोजक रमेश नेपालीको अध्यक्षता तथा जिल्ला स्थित सम्पुर्ण दलित अधिकारकर्मी ,समाजसेवी शिक्षक दलित समुदायको उपस्थितमा दलित अधिकार पैरवी सन्जालको प्रथम जिल्ला भेला सम्पन्न हो । दलित अधिकारकर्मी बाले विश्वकर्माले दलित अधिकारका लागि यस सन्जालले लागी पर्नेमा जोड समेत दिनुभएको छ ।


यस्तै सन्जालका संयोजक रमेश नेपालीले हरेक दलित माथि आईपर्ने विभिन्न किसिमका समस्यामा यो सन्जाल सधै भरी लाग्ने बताउनु भएको छ । समाजमा रहेका विभिन्न जातिय छुवाछुत तथा भेदभावका मुद्धामा यो सन्जाल अग्रसर भएर काम गर्ने नेपाली बताउनु भएको छ




तिलाप्रेस । १३ माघ २०७९, शुक्रबार १७:४१