बाढिपिडितको साहार वन्दै पेस नेपाल 

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका र सान्नीत्रिवेणी गाउँपालिकामा बाढिपहिरो पीडित परिवारहरूलाई राहत वितरण गरिएको छ । गत असोज १९ गते देखि २४ गते सम्म लगातार परेको अविरल वर्षासंगै बाडि पहिरो बाट प्रभावित भएका रास्कोट नगरपालिका वडा नं.३ साँकाटिया बस्ती भित्रका २५ घरधुरिलाई र सान्नीत्रिवेणी गाउँपालिकाका २५ घरधुरीलाइ १४हजार ५०० को खाध्य सामाग्री भौचरका माध्यम बाट वितरण गरिएको छ । सनिबार एक कार्यक्रमका विच प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित बाढि पहिरो तथा प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत खाद्य भौचर राहत बितरण कार्य सुरु गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

राहत बितरण रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकामा एकैसाथ बितरण गरिने छ । रास्कोट नगरपालिका वडा नं.३ का पहिरोबाट बिस्थापीत २५ घरधुरिलाइ बितरण गर्दै राहत बितरण कार्यको रास्कोट नगरपालिकाबाट सुरु गरिएको हो । राहत बितरणमा रास्कोट नगर उप प्रमुख मनिराज बराल, वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र नाथ योगि, पेस नेपाल जुम्ला र शाखा कार्यालय कालिकोटका शाखा अधिकृत शंकरप्रसाद उपाध्याय लगायत का जनप्रतिनिधि को सहभागितामा राहत वितरण गरिएको हो ।राहत बितरण कार्यक्रम मा वोल्दैै उप प्रमुख बरालले रास्कोटको बिपदमा धेरै संघसंस्थाले सहयोग गरेको र पेस नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालले ठुलो प्याकेज राहत प्रदान गरेकाले पिडितलाई सहयोग पुगेको बताउनु भयो ।

साथै पेस नेपाल जुम्लालाई धन्यवाद दिदै बरालले भन्नुभयो रास्कोटका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा छन यी बस्ति स्थानान्तरण गर्नुपर्ने छ ,यो काम नगरपालिकाले मात्रै गर्न सक्दैन यसकालागी सहयोगी संस्थाहरुलाई सहयोग गरीदिन आग्रह समेत गर्नु भएको छ । राहत बितरण कार्यमा सहभागी पेस नेपाल जुम्ला शाखा कार्यालय कालीकोटका परियोजना अधिकृत शंकरप्रसाद उपाध्याले भन्नुभयो रास्कोट नगर पालिका र सान्नित्रिवेणी गाउँपालिका बाढी पहिरो बाट बिस्थापित हरुलाई खाध्य सामाग्री भौचारका माध्याम बाट बितरण गरेका छौ यो सामाग्रिले पिडितलाई केही राहत हुनेछ र प्राप्त गर्ने लाभग्राहीले संस्थाबाट पाएको समानको सदुपयोग गर्नुहुनेछ भन्ने बिस्वास लिएको छु ।

उपाध्यायले नेपाल सरकार र सरोकारवाला निकायलाई सुझाव दिदै भन्नुभयो रास्कोट नगरपालका र सान्नित्रिवेणी गाउँपालिकाका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् यी बस्तीहरुलाइ सुरक्षित गर्न र जोखिम मुक्त गराउन मानव निती तथा कार्यक्रमहरु ल्याउन गर्ने र सरोकारवाला निकायहरुको समयमा नै बिपदका क्षेत्रमा ध्ययान जानु पर्ने आवस्यकता रहेको छ । उहाँका अनुसार रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिका पेस नेपालले प्लान इन्टरनेशनल नेपाल संग साझेदारीमा ३ पटक राहत बितरण गरेको छ यश अघि रास्कोट नगरपालिकामा ३५ जना पहिरोबाट बिस्थापितलाइ खाद्य सामाग्री भौचार राहत र ५५ जनालाई स्वाच्छता र डिगनिट कीट बितरण गरेको र सान्नीत्रिवेणी गाउँपालिकामा ४० जनालाई पहिरोबाट बिस्थापितलाइ खाध्य सामाग्री भौचार राहत र ७० घरधुरीका नागरीकहरुलाई स्वाच्छता र डिगनिट कीट बितरण गरिएको छ । यो राहतले मात्रै पूरा नभयकोले अन्य सहयागी निकायले थप गर्न आवश्यक रहेको बताउनु भयो ।

 

राहत सामाग्री वितरण कार्यक्रमा सान्निीत्रिवेणी गाृउँपालिका वडा नं.१ का वडा अध्यक्ष बैकुण्ठराज गिरिले पेस नेपाल जुम्लाले दिएको राहतले पहिरो पिडितको ठुलो समस्या समाधान मा सहयोग पुगेको वताउनु भयो । साथै उहाँले संस्थाले स्थानिय सरकारलाइ बिपदको बेलामा सहयोग गरेकोमा पेस नेपाललाइ धन्यवाद दिनु भएको छ ।रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका बाढी तथा पहिरोबाट बिस्थापित पिडितहरुलाइ पेस नेपाल जुम्लाले प्लान इन्टरनेशनल नेपाल संगको साझेदारीमा १२५ घरधुरीलाइ खाद्य भौचर मार्फत रु १८ लाख १२ हजार ५सय बरावरको खाद्य सामाग्री र स्वच्छता,डिगनिटि किट १२५ जनालाइ रु ५६ हजार ४सय ०७१.७ रुपैया बराबरको लागतमा राहत सामाग्री बितरण गरिएको हो ।राहत सामाग्री बुझ्दै रास्कोट नगरपालिका वडा नं.३का लाभग्राही मिट्ठु दर्जीले भन्नुभयो मेरो घर पुरै भत्केर घरमा भएको अन्नपात पुरियो ,मलाइ बस्न त छिमेकीको मा गयँ खाने कुरा केही पनि थएन आज सम्मत मैले मागि खायँ कति दिन त मैले खोलामा मेरा बाल बच्चा बोकेरै गिटि कुटेर आएको पैसा बाट खानाको ब्यवस्था गरे मलाई संस्थाले दिएको यो राहतले ठुलो सहयोग भएको दर्जीले बताउनु भएको छ ।

त्यस्तै राहत सामाग्री बुझ्दै सान्नीत्रिवेणी गाउँपालिका वडा नं.६ का लाभग्राही गोरे दर्जीले पानी परेको बेला मेरो घर भत्किीयो र अन्नपात कोदो ,घोगा(मकै),धान सबै पहिरो लग्यो मैले बचाउन सकेन त्यसपछि मलाइ भोकमरि भयो,मैले मागेर खान सुरुगरे आजभोलि गाउँमा ज्याला मजदुरी गरि खान्छु मलाइ संस्थाले दिएको यो राहतले अव २,३ महिना चल्छ त्यस पछि बालिपक्यो भने केहि सहज होइजाला । आफु जस्ता धेरै वाढि पिडितलाई संस्थाले राहत दिएर ठुलो गुण लाएकोमा धन्यवाद दिनुभयो । सहयोगी संस्था पेस नेपाल जुम्लाले बिगत १ बर्षदेखि कालिकोट जिल्लामा प्लान इन्टरनेशनल नेपाल संग साझेदारी गरि कार्यक्रम गरिरहेकोछ । कालिकोट को नरहरिनाथ गाउँपालिकामा शाखा कार्यालय स्थापना गरि शिक्षा ,बिपद,जलवायु अनुकुलन का क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया