हेमराज उपाध्याय बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका बाजुरा जिल्लाका बिभिन्न ठाउँमा गरी २५ घर भत्किएको सिजल्ल प्रहरी कार्यालय बाजुराले जनाएको छ ।भुकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५।९ रेक्टर भूकम्प गएको थियो ।
हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ ।गौमुल गाउँपालिका –२ जुरेलीकी अन्दाजी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जंगलमा घास काटीरहेको बेला माथीबाट खसेको ढुगां लागेर उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ ।घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले बताएका छन ।
त्यसै गरी भेडा चराउन गएका गौमुल गाउँपालिका–१ अम्लिसका एक जना घाइते भएका छन् ।
जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाईते भएको स्थानीयले बताएका छन् । उनको नजकिको स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

तिलाप्रेस । १० माघ २०७९, मंगलवार १९:३५