पेस नेपाल द्धारा रास्कोट नगरपालिकामा पहिरो पीडित परिवारलाई राहत वितरण 

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका बाढिपहिरो पीडित परिवारहरूलाई राहत वितरण गरिएको छ । गत असोज १९ गते देखि लगातार परेको अविरल वर्षासंगै बाडि पहिरो बाट प्रभावित भए संगै रास्कोट नगरपालिका वडा नं.३ साँकाटिया बस्ती भित्रका २५ घरधुरिलाई १४५०० को खाध्य सामाग्री भौचरका माध्यम बाट वितरण गरिएको छ । सनिबार एक कार्यक्रमका विच प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित बाढि पहिरो तथा प्रतिकार्य परियोजना कार्यक्रम अन्तगत वडा नं.३ का २५ घरधुरिलाइ रास्कोट नगरपालिका नगर उप प्रमुख मनिराज बराल, वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र नाथ योगि, पेस नेपाल जुम्ला र शाखा कार्यालय कालिकोटका शाखा अधिकृत शंकर प्रसाद उपाध्याय लगायत का जनप्रतिनिधि को सहभागितामा राहत वितरण गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


राहत बितरण कार्यक्रम आफ्नो सुझाव राख्दै उप प्रमुख बराल रास्कोटको बिपदमा धेरै संघसंस्थाले सहयोग गरेको र पेस नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालले ठुलो प्याकेज राहत प्रदान गरेकाले पिडितलाई सहयोग पुगेको बताउनु भयो । साथै पेस नेपाल जुम्लालाई धन्यवाद दिदै बरालले भन्नुभयो रास्कोटका धेरै बस्तीहरु पहिरोको जोखिममा छन यी बस्ति स्थानान्तरण गर्नुपर्ने छ ,यो काम नगरपालिकाले मात्रै सक्दैन यसकालागी सहयोगी संस्थाहरुलाई गहयोग माग समेत गर्नूभएको छ । राहत बितरण कार्यमा सहभागी पेस नेपाल जुम्ला शाखा कार्यालय कालीकोटका परियोजना अधिकृत शंकरप्रसाद उपाध्याले भन्नुभयो रास्कोट नगर पालिकामा बाढी पहिरो बाट बिस्थापित हरुलाई खाध्य सामाग्री भौचारका माध्याम बाट बितरण गरेका छौ यो सामाग्रिले पिडितलाई केही राहत हुनेछ र प्राप्त गर्ने लाभग्राहीले संस्थाबाट पायको समानको सदुपयोग गर्नुहुनेछ भन्ने बिस्वास लिएको छु ।

उहाँले केही जानकारी गराउदै थप्नुभयो रास्कोट नगरपालिकामा पेस नेपालले प्लान इन्टरनेशनल नेपाल संग साझेदारीमा ३ पटक राहत बितरण गरेको छ यश अघि ३५ पहिरोबाट बिस्थापितलाइ खाध्य सामाग्री भौचार राहत र ५५ जनालाई स्वाच्छता र डिगनिट कीट बितरण गरेको र यो राहतले पिडितलाइ पूरा नभयकोले अन्य सहयागी निकायले थप गर्न आवश्यक रहेको बताउनु भयो ।राहत सामाग्री बुझ्दै लाभग्राही मिट्ठु दर्जीले भन्नुभयो मेरो घर पुरै भत्केर घरमा भएको अन्नपात पुरियो ,मलाइ बस्न त छिमेकीको मा गयँ खाने कुरा केही पनि थएन आज सम्मत मैले मागि खायँ कति दिन त मैले खोलामा मेरा बाल बच्चा बोकेरै गिटि कुटेरको ज्याला बाट खानाको ब्यवस्था गरे मलाई संस्थाले दिएको यो राहतले ठुलो सहयोग दर्जीले बताउनु भएको छ ।

सहयोगी संस्था पेस नेपाल जुम्लाले बिगत १ बर्षदेखि कालिकोट जिल्लामा प्लान इन्टरनेशनल नेपाल संग साझेदारी गरि कार्यक्रम गरिरहेकोछ । कालिकोट को नरहरिनाथ गाउँपालिकामा शाखा कार्यालय स्थापना गरि शिक्षा ,बिपद,जलवायु अनुकुलन का क्षेत्रमा काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया