तिलागुफामा संचालन भएको महिला प्रजनन् स्वास्थ्य शिविर बाट ३९४ जना महिलाले लिए सेवा 

कमल कुमाल 
माघ ७ कालिकोट

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

महिला प्रजनन सम्बन्धि स्वास्थ्य शिविर बाट ३९४ जना महिलाले लिए सेवा छन । जिल्लाको तिलागुफा नगरपालिकाको चिल्खायादेखी सुरु भएको महिला प्रजनन सम्बन्धि स्वास्थ्य शिविर नगरपालिकाको अस्पताल राचुलिमा सम्पन्न भयको छ । तिलागुफा नगरपालिकाको आयोजना र सहास नेपाल लिफ्ट परियोजनाको सहयोग र समन्वयमा माघ ४ गते वडा नं. ७ को स्वास्थ्यचौकी वाट सुरु भएको महिला प्रजनन स्वास्थ र गर्भवति चेक जांच शिविर छाप्रे वडा नं. ७ हुदै नगर अस्पताल रांचलीमा माघ ६ गते सम्पन्न भएको हो

शिविरमा भौगोलिक विकटताका कारण प्रजनन् स्वास्थ्य सवन्धि सेवा लिन नसकेका र लाजले उपचार गर्न नमानेका महिला दिदि वहिनीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको थियो । उक्त शिविर वाट वडा नं. १ देखि ११ सम्ममा २०७ जना महिलाहरुले विभिन्न प्रजनन् रोगहरु सम्बन्धि उचित परामर्शका साथै पाठेघर संकमणका विभिन्न रोगहरुको उपचार पाएका छन् भने ७५ जना गर्भवति महिलाहरुले गर्भ अवस्थाको परामर्श र भिडियो एक्सरे वाट वच्चाको अवस्था चेक जाचको सेवा प्राप्त गरेका छन्। यस शिविरमा केही गर्भवती महिला र पाठेघर बाट गर्हसित महिला लाई रिफर गरेर थप उपचार गर्न पठाईएको नगर उपप्रमुख महेन्द्र शाहीले बताए ।

यस शिविरलाई सफल पार्न सहयोग गर्नुहुने नगर अस्पतालका डा.टंक आचार्य, जिल्ला अस्पतालका डा अप्सरा हमाल, नगर स्वास्थ्य शाखा र आर्थिक सहयोग र समन्वय गर्ने सहास नेपाललाई नगर उप प्रमुख शाहीले विशेष धन्यवाट व्यक्तगर्नु भएको छ ।

तपाईको प्रतिक्रिया