जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामाको घटनास्थलमा मृत्यु भएको हो ।
अन्य ९ जना घाइते रहेका छन्।सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।
तिलाप्रेस । २ माघ २०७९, सोमबार १७:५५