कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा ११ औं हिउँदे हिउँदे नगरसभा सम्पन्न भएको छ । रास्कोट नगरपालिकाको आर सि पि मा एक विशेष समारोहका बिच नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषणकोे अध्यक्षयतामा र उपप्रमुख मनिराज बरालकोे विशेष अतिथ्यतामा सभा उद्घाटन भएको हो ।

सरकार बनेको ९ महिना बिति सकेकाले भएको प्रगति कामको गतिबिधिको समीक्षा र नगरपालिकाको कार्यक्रम कार्यन्वयन संगै पालिकाले निर्माण गर्ने महत्वपुर्ण कार्यबिधि र ऐन नियमका बिषयमा छलफल संगै पास हुने बताईएको छ । नगरसभा उद्घघाटन समारोहमा बोल्दै नगर प्रमुख शाहीले बिगतको सरकारले थालेका बिकास र सम्बृद्वीमा टेकेर निरन्तरता मा सरकार चल्ने बताउनु भयो ।साथै मेयर हेल्थ केयर कार्यक्रम अन्तरगत नगरपालिकामा दर्जनौं नयाँ कामको थालनी भएको छ , २६०० नागरिक को निशुल्क स्वास्थ्य विमा देखी जनयुद्धका घाइते तथा अपांग परिवारलाई निशुल्क स्वास्थ्य,सुत्केरी आमा र गर्भवती आमाको मोवाइलमा alert system सुरु लगायतका कामहरुको थालनी गरिएको छ। साथै कालिकोट विधुत प्राधिकरण शाखाको काम अब रास्कोट देखि नै सुरु हुने भएको छ ।
तिलाप्रेस । २८ पुष २०७९, बिहीबार ०७:०७